FAQs Complain Problems

अन्तिम विल भुक्तानी माग

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
योजना शाखा
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
शुल्क नलाग्ने
आवश्यक कागजातहरु: 

१. योजना फरफारक गरिदिने वारेको निवेदन ।
२. प्राविधिकबाट मुल्याङ्कन भएको कार्य सम्पन्न प्रतिवेदन ।
३. वडा कार्यालयबाट फरफारक गरिदिने वारेको सिफारिस पत्र ।
४. खर्चका प्रमाणित विल भरपाईहरु ।
५. आयोजना सार्वजनिक लेखा परीक्षण फारम
६. उपभोक्ता समिति÷अनुगमन समितिबाट आमभेलाको उपस्थितिमा योजना सम्पन्न भएको बेहोरा खुलेको खर्चका शिर्षकगत रुपमा अनुमोदन गरेको निर्णयको प्रतिलिपि
७. रु. ५ लाख भन्दा वढीको योजनाको लागि सूचना पाटी राखिएको फोटो ।
८. कार्यसम्पन्न भएका तस्विरहरु
९.गाउँपालिका स्थरिय अनुगमन समितिको प्रतिबेदन
१०. भौतिक पूर्वाधार वाहेकका कार्यक्रमहरुको हकमा कार्यक्रम सम्पन्न प्रतिवेदन ।