FAQs Complain Problems

घट्ना दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
पन्जिकाधिकारी
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
घटना घटेको ३५ दिनभित्र दर्ता गराएमा निशुल्क हुनेछ । ३५ दिनपछि, रु २०० लाग्नेछ ।
आवश्यक कागजातहरु: 

1. घटना घटेको ३५ दिने भित्र परिवारको मुख्य व्यक्तिले निवेदन दिने |
2. जन्म घरमा भएमा घर उल्लेख गर्ने र अस्पतालमा भएमा अस्पतालले दिएको जन्म दर्ता प्रमाणपत्र (birth certificate) |
3. नवजात शिशुको बाबु/आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
4. बसाई सराई गरेर आएका को हकमा बसाई सराई को प्रतिलिपि ।
5. सूचक (सूचना फारम भर्ने व्यक्ति ) एकाघरको जो पनि हुनसक्नु हुन्छ ।
6. कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस ।
7. कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस ।

प्रक्रिया: 

१. सूचकले ब्यक्तिगत घटनाको सत्य तथ्य तथ्यांक फारममा भरेर दिनुपर्ने हुन्छ ।
2. आफुले भरेको फारम वडाको सम्बन्धित कर्मचारीले फारम रुजु (Verified) गर्नेछ, अनि त्यो विवरण घटना दर्ताको ढड्डामा सुचक मार्फत (नजिकको मान्छे वा एकाघरको मान्छेको ) राख्ने र लाप्चे लगाउने कार्य हुन्छ |
3. फारम अनुसारको विवरण सम्बन्धित कर्मचारीले प्रमाणपत्रमा लेख्ने कम हुन्छ ।
4. यसपछि पन्जिधाकारी संग सहि गराउनु पर्ने हुन्छ ।
6. प्रमाणपत्र सामान्य कागजबाट बनेको हुन्छ र निजको विवरणहरु हस्तलिखित रुपमा हुन्छ |
(नोट: यो प्रक्रिया छिट्टै online System बाट दिने ब्ववस्था हुनेछ ।)