FAQs Complain Problems

वरेङ गाउँपालिकाको संक्षिप्त परिचय

        नेपाल सरकारले २०७३/११/२७ गते राजपत्रमा प्रकाशित  गरे अनुसार साविकका धुल्लुबास्कोट, हुग्दिशिर, बाटाकाचौर, सल्यान र सुखौरा गरि ५ गाविसलाई समावेश गरि गठन गरिएको वरेङ गाउँपालिकामा हाल जम्मा ५ वडाहरु रहेको छन् | साविकका ५ गाविसलाई नै अलग अलग ५ वडा बनाइएको छ | साविकका वडा नम्बर १ र २ को सिमानामा रहेको वरेङ बजारको नाम बाट यो गाउँपालिकाको नामकरण गरिएको हो | यो गाउँपालिका ७५.२९ वर्ग   किलोमिटर क्षेत्रफ़ल मा फैलिएको छ | पूर्वमा बागलुङ जिल्लाकै जैमिनी नगरपालिका, पश्चिममा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका उत्तरमा गल्कोट नगरपालिका र दक्षिणमा गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका रहेको यस वरेङ गाउँपालिकाको केन्द्र यसका ४ वडाहरु  हुदै गुल्मी तर्फ बग्ने हुग्दिखोलाको किनारमा साविकका हुग्दिशिर गाविसको कार्यालय रहेको सुदला फाँटमा रहेको छ | मगर जातिको बाहुल्यता रहेको यस गाउँपालिकामा ब्राहमण, क्षेत्री, थकाली तथा दलित जातिको पनि बाक्लो उपस्थिति रहेको छ | 

२०७८ को जनगणना अनुसार बरेङ गाउँपालिकाको कुल जनसंख्या १११५८ रहेको छ । कुल जनसंख्या मध्ये ६०५६ महिला र ५१०२ पुरुष रहेका छन् । २९२५ घरधुरी रहेको यस गाउँपालिकामा ७६.९ प्रतिशत साक्षरता दर( महिला ७०.१ र पुरुष  ८५.२), अौसत घर परिवारको आकार ३.८१ , जनघनत्व १४८, लैङ्गिक अनुपात ८४.२५  रहेको छ ।

यस गाउँपालिकामा जिल्लाकै  प्रसिद्ध साग्दी सत्यवती मन्दिर रहेको छ | देवि बहिरी भएकोले चर्को स्वरमा मागेमा मनोकामना पुरा हुने बिश्वास गरिने यस मन्दिरमा विभिन्न जिल्लाबाट पुजा गर्न आउने गर्दछन् । यस मन्दिरमा पूर्णिमामा मेला लाग्ने गर्दछ | त्यस्तै पालिका भित्र भैसेखोला झरना, भातेपोखरा, काैडेको लेक, सिग्दी होमस्टे, भुमेथान, कालिलेख, देउराली, फुटबल खेलमैदान, वनभोज स्थल जस्ता विकासका परियोजना जस्ता सौन्दर्यले भरपूर, पर्यटकीय विकासको अथाहा सम्भावना बोकेको ठाउँ रहेको छ । सवै वडामा विद्दुतको पहुँच पुगेको, मुख्य तथा शाखा मोटरबाटो टोलटोलमा पुगेको, मुख्य बजार बरेङ र पालिका परिसारमा सिसिटिभि, साैर्य बत्ति जडान भएको, दैनिक वुटवल, पाल्पा, बागलुङ, पोखरा यातयातमा सहजता भएको, एक सामुदायिक रेडियो र ८ वटा माध्यमिक विद्यालय र एउटा सर्वोदय क्माम्पस रहेको, ३० मिनेटको दुरीमा स्वास्थ्य सेवा प्रवाह भैरहेको छ ।

वरेङ गाउँपालिकाको विस्तृत विवरण :- २०७८

क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
धुल्लुबाँस्कोट(१-९) २९९४ १४.०९
हुग्दिशिर(१-९) ३३९० २१.५१
बाटाकाचौर(१-९) २६८० १७.३४
सल्यान(१-९) ११६५ १०.९९
सुखौरा(१-९) ९२९ ११.३६
  जम्मा   १११५८ ७५.२९

बरेङ गाउँपालिकाको भौगोलिक अवस्थिति