FAQs Complain Problems

प्राकृतिक प्रकोप 2075 असार

बरेङ गाउँपालिकामा मिति २०७५/३/१३ गते परेको भिषण वर्षाको कारण बरेंग गा.पा १, लुरुङमा ३ जनाको मृत्यु भएको छ | तेस्तै बरेङ गा.पा को केन्द्र हुदै बग्ने हुग्दी खोलाले अधिकांश खेतहरु साथै घर,गोठहरु लाइ पूर्ण तथा आंशिक रुपमा क्षति पुराएको छ | बरेङ -३ बाटाकाचौर नयाँबजार बाट गुल्मी बरेङ-सान्तिपुर जाने बाटो जोड्ने निर्माणधिं पक्कि पुलको झन्डै ३० मि जति परबाट खोला बगेको छ | साथै नयाँबजार देखि बरेङ आउने सडक खण्डमा बाटो पूर्ण रुपमा अबरोद्ध भएको छ र उक्त बाटो बनाउनको लागि डोजर तुरुन्त लागिएको छ र झन्डै ३ दिन जति लाग्ने सम्भावना देखिन्छ |

आर्थिक वर्ष: