FAQs Complain Problems

सहयोगको लागि अपिल

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (ऋइख्क्ष्म् –ज्ञढ  ) संक्रमणबाट हाम्रो देश नेपाल समेत प्रभावित भई दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गइरहेकोमा यसको रोकथाम तथा नियन्त्रण गर्ने सन्दर्भमा देश लकडाउनको अवस्थामा रहेको र लकडाउनको अवधि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै यसबाट खासगरी विपन्न नागरिकहरुको (जो दिनभरी मजदुरी गरी साँझ घरमा छाक टार्नु पर्ने स्थितिमा छन् ) लागि दैनिक गुजारा गर्न समस्या भैरहेको छ । यसै सन्दर्भमा यस बरेङ गाँउपालिका भित्र रहेका विपन्न नागरिकलाई दैनिक उपभोग्य वस्तु चामल, दाल,नुन,तेल जस्ता राहत सामाग्रीहरु वितरण गर्न साथै विपद् व्यवस्थापन गर्नका लागि बिपद् ब्यबस्थापन कोष खडा गरिएको छ ।
विपदको यस समयमा राहत बितरणलाई एकद्घार प्रणालीबाट सञ्चालन गरी व्यवस्थित गर्नका लागि जनप्रतिनिधि ,कर्मचारी, राजनीतिक दल, उद्योगी व्यापारी,सामाजिक संघ संस्था लगायत इच्छुक व्यक्ति तथा संस्थाहरुलार्ई प्रभु बैंक बरेङ शाखामा रहेको बरेङ गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा स्वेच्छिक सहयोगको लागि हार्दिक अपिल गर्दछौँ ।
खाता नाम – बरेङ गा।पा। विपद व्यवस्थापन कोष खाता
खाता  नं. ( १७०००२०११२७१७५०००००५
नोट ः चामल, दाल, नुन,तेल,मकै,कोदो,आलु लगायतका अत्यावश्यक खाद्य सामाग्रीहरु र स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने औषधि, उपकरण लगायतका जिन्सी सामाग्रीहरु समेत सहयोग स्वरुप उपलब्ध गराउन सकिनेछ । साथै यस विपद्को घडिमा राहत बितरणमा दोहोरोपना हुन नदिन र राहत वितरण कार्यलाई व्यवस्थित गर्न  एकद्घार प्रणाली अपनाउन इच्छुक व्यक्ती तथा संस्थाले गाँउपालिमा मार्फत  मात्र बितरण गर्नुहुन अनुरोध गर्दछौँ ।
सम्पर्क व्यक्ति ः
ज्ञ.    गा.पा. अध्यक्ष कृष्ण प्रसाद शर्मा ९८५७६२२५५१
द्द.    उपाध्यक्ष, डिल कुमारी पुन ९८४७६८३०६०
घ.    प्रमुख प्रशासकीय अधिकृत, रमेश थापा ९८५७६३२३२८

साथै आफ्नो विवरण अनलाइन फारम https://forms.gle/d89tSzvbRtefUWRa9 मार्फत तिपाई हामि संग सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रकार:

आर्थिक वर्ष: