FAQs Complain Problems

सा.सु बिबरण उपलब्ध गरिदिने सम्बन्धमा

श्री वडा कार्यालयहरु सबै,

बरेङ गाउँपालिका ।

 

बिषय:- विवरण पठाईदिने बारे ।

      प्रस्तुत बिषयमा राष्ट्रिय परिचयपत्र तथा पंजीकरण बिभाग, काठमाडौँ बाट पठाइएका आवश्यक विवरण नभएका केहि सा.सु. लाभग्राहीहरुको नामावली यसै पत्रसाथ संलग्न गरि पठाइएको व्यहोरा अनुरोध छ । उल्लेखित लाभग्राहीहरुको पुरा विवरण संकलन गरि अनलाइन सिस्टममा अपडेट गर्नु पर्ने भनि आएकाले मिति २०७६/०५/२५ गते भित्र आवश्यक कागजात सहित सम्पूर्ण विवरण वडा अध्यक्षबाट प्रमाणित गरि यस कार्यालयमा पठाउनुहुन अनुरोध छ । साथै त्यहाँ कार्यालयमा गत आ.व. २०७५/७६ को तेस्रो चौमासिक सम्म दर्ता भयका तर अनलाइन सिस्टममा इन्ट्री नभएका लाभग्राहीहरुको विवरण, दर्ता भएको मिति तथा अन्य आवश्यक कागजातहरु सहित यस कार्यालयमा यहि भाद्र महिना भित्र पेश गर्नुहुन अनुरोध छ ।

आर्थिक वर्ष: