FAQs Complain Problems

सहकारी सुदृणीकरणको लागि अनुदान माग सम्बन्धि सूचना

सहकारी सुदृणीकरणको लागि अनुदान सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति: २०७५/११/२१

बरेङ गाउँपालिका भित्रका सहकारी संघ संस्थाहरुको सदस्यहरुलाई आय आर्जन बृद्दि, सहकारी शिक्षा प्रदान, सहकारी क्षेत्र सुदृणीकरण तथा सिपमुलक तालिम संचालनका लागि साझेदारी गर्न समेत इच्छाईएका सम्बन्धित संस्थाहरुमा अनुदान सम्बन्धि कार्यक्रम रहेकाले यो सुचना प्रथम पटक प्रकाशित मितिले दश(१०) दिन भित्र यस कार्यालयमा तल उल्लेखित कागजातहरु सहित पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक कागजातहरु

  1. अनुदान माग सम्बन्धि बार्षिक साधारण सभाको निर्णय
  2. प्रस्ताब माग फारम( संस्थाको छोटो परिचय खुल्ने गरि)
  3. संस्था दर्ता प्रमाणपत्र
  4. कर चुक्ता प्रमाणपत्र
  5. गत आ.व. को लेखा परिक्षण प्रतिवेदन
  6. लागत अनुमान सहित संस्थाले साझेदारी गर्ने रकमको विवरण खुलेको संस्था संचालन समितिको निर्णय
  7. संचालक समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाणपत्र
  8. अनुदान मागको लागि गाउँपलिकलाई निबेदन

 

आर्थिक वर्ष: