FAQs Complain Problems

सूचना तथा समाचार

बिद्यालय पुर्ननिर्माण प्रस्ताव फारम नमुना

प्रस्तुत बिषयमा "जिल्ला कार्यान्यवन इकाई, प्रदेश नं ४, बागलुङ" कार्यालयको च.नं १४७ मिति २०७५/०६/२१ को पत्रानुसार प्राप्त सूचना बमोजिम यस गाउँपालिका अन्तर्गतका भूकम्पले क्षति भई पुर्ननिर्माण गर्नुपर्ने  बिद्यालयहरुलाई भवन निर्माणको लागि निबेदन पेश 

गर्नुहुन अनुरोध छ । 

साथै उक्त पत्र यसै पत्रसाथ संलग्न गरिएको छ ।

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

सब इन्जिनियर -१

अ.हे.व -१

यस बरेङ गाउँपालिका अन्तर्गत गरिव घरपरिवार पहिचान सवर्वेक्षण २०७० मा आधारित पीएमटी विधिद्वारा पहिचान भएका गरिव घरिवारहरुलाई परिचय पत्र वितरण गर्ने काम मिति २०७५/०४/२८ गते देखि २०७५/०५/१० सम्म सम्पन्न भएको छ ।  बरेङ गाउँपालिका भित्र गरिब घरपरिवारको अन्तिम सुचिमा समाबेश भएका ८०४ परिवार मध्य जम्मा ६१६ परिवारले परिचय-पत्र प्राप्त गरेका छन् | जसमा ३२६ अतिगरिब (रातो कार्ड), १९८ मध्यम गरिब (पंहेलो कार्ड) र ९२ सामान्य गरिब ( निलो कार्ड) रहेका छन् | गरिब परिचय-पत्र प्राप्त गर्ने परिवारको विवरण देहाय बमोजिम रहेको छ ( √ लगाएको) |

, , , ,

बरेङ गाउँपालिकामा मिति २०७५/३/१३ गते परेको भिषण वर्षाको कारण बरेंग गा.पा १, लुरुङमा ३ जनाको मृत्यु भएको छ | तेस्तै बरेङ गा.पा को केन्द्र हुदै बग्ने हुग्दी खोलाले अधिकांश खेतहरु साथै घर,गोठहरु लाइ पूर्ण तथा आंशिक रुपमा क्षति पुराएको छ | बरेङ -३ बाटाकाचौर नयाँबजार बाट गुल्मी बरेङ-सान्तिपुर जाने बाटो जोड्ने निर्माणधिं पक्कि पुलको झन्डै ३० मि जति परबाट खोला बगेको छ | साथै नयाँबजार देखि बरेङ आउने सडक खण्डमा बाटो पूर्ण रुपमा अबरोद्ध भएको छ र उक्त बाटो बनाउनको लागि डोजर तुरुन्त लागिएको छ र झन्डै ३ दिन जति लाग्ने सम्भावना देखिन्छ |

Pages