FAQs Complain Problems

बरेङका बालविकास केन्द्रहरूमा स्मार्ट टिभी जडान

०३ जेष्ठ ०८० । शिक्षा युवा तथा खेलकुद शाखा बरेङले प्रविधिमैत्री शिक्षण सिकाइ अवलम्बन गर्नका लागि स्मार्ट टिभी जडान गरेको छ ।
बरेङ गाउँपालिका भित्रका १२ ओटा बालविकास केन्द्रहरूमा बुधबार स्मार्ट टिभी जडान गरिएको हो ।
प्रविधिको उच्चतम प्रयोग मार्फत व्यावहारिक सिकाइ प्राप्त गर्न, विद्यालय शिक्षाको लागि क्षमतावान्  बालबालिका तयार गर्न, सिकाइ र प्रविधि सँगसँगै गराउने उद्देश्यले प्रत्यक्ष विद्यालयमा पुगेर स्मार्ट टिभी जडान गरिदिएको शिक्षा अधिकृत सुर्य प्रसाद शर्माले बताउनुभयो । साथै बालशिक्षकलाई प्राविधिक सहित अभिमुखीकरण समेत गरिएको छ ।
पालिकाको वडा नम्बर १ धुल्लुबास्कोटका धुल्लु लिउवा मावि,नेपाल कर्तव्यपालन प्रावि र मंगलमय नेपाल तारा प्रावि, वडा नम्बर २ हुग्दिशिरका बराहकोट प्रावि र हुग्दिशिर प्रावि, वडा नम्बर ३ बाटाकाचौरका शारदा मावि, ज्ञानोदय आवि,बालविकास आवि र धनज्योति प्रावि, वडा नम्बर ४ सल्यानका शिवालय प्रावि र सल्यान सुखौरा मावि, वडा नम्बर ५ सुखौराको जनकल्याण प्राविमा स्मार्ट टिभी जडान गरिएको हो ।
आर्थिक वर्ष २०७९-८० को वार्षिक कार्यक्रम अन्तर्गत शिक्षा तर्फ बालविकास केन्द्रको लागि स्मार्ट टिभी खरिद तथा व्यवस्थापनमा लागि ५ लाख रकम विनियोजन भएको थियो ।
पहिलो चरणमा  ५ बालविकास केन्द्रहरूमा अहिले दोश्रो चरणमा १२ बालविकास केन्द्रहरूमा वितरण गरिएको छ पालिकाभित्र  २९ बालविकास केन्द्रहरू रहेकोमा बाँकी केन्द्रहरूमा क्रमशः   जडान गरिने बताइएको छ ।

आर्थिक वर्ष: