FAQs Complain Problems

वरेङ गाउँपालिकाको संक्षिप्त परिचय

        नेपाल सरकारले २०७३/११/२७ गते राजपत्रमा प्रकाशित गरि नेपाल भरि ७४४ स्थानीय तहको गठन गरेको छ | साबिकका धुल्लुबास्कोट, हुग्दीशिर, बाटाकाचौर, सल्यान र सुखौरा गरि ५ गाविसलाई समाबेश गरि गठन गरिएको वरेङ गाउँपालिकामा हाल जम्मा ५ वडाहरु रहेको छन | साबिकका ५ गाविसलाई नै अलग अलग ५ वडा बनाइएको छ | साबिकका वडा नम्बर १ र २ को सिमानामा रहेको वरेङ बजारको नाम बाट यो गाउँपालिकाको नामकरण गरिएको हो | कुल जनसंख्या १४४९२ रहेको यो गाउँपालिका ७५.२९ वर्ग   किलोमिटर क्षेत्रफ़ल मा फैलिएको छ | पूर्वमा बाग्लुंग जिल्लाकै जैमिनी नगरपालिका, पश्चिम मा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका उत्तरमा गल्कोट नगरपालिका र दक्षिण मा गुल्मी जिल्ला को कालिगण्डकी गाउँपालिका रहेको यस वरेङ गाउँपालिकाको केन्द्र यसका ४ वडाहरु  हुदै गुल्मी तर्फ बग्ने हुग्दी खोलाको किनारमा साबिकका हुग्दीशिर गाबिसको कार्यालय रहेको सुदला फाँटमा रहेको छ | मगर जतिको बहुल्ल्यता रहेको यस गाउँपालिका मा ब्राहमण, क्षेत्रि,थकाली तथा दलित जतिको पनि बाक्लो उपस्थिति रहेको छ | नेपाली भाषाको प्रयोग हुने यस गाउँपालिकामा जिल्लाकै  प्रसिद्ध साग्दी सत्यवती मन्दिर रहेको छ | देबी बाहिरी भएकोले चर्को स्वरमा मागेमा मनोकामना पुरा हुने बिश्वास गरिने यस मन्दिरमा पुर्णिमामा मेला लाग्ने गर्दछ |

वरेङ गाउँपालिकाको विस्तृत विवरण :-

क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
धुल्लुबाँस्कोट(१-९) ३५९४ १४.०९
हुग्दिशिर(१-९) ४२०० २१.५१
बाटाकाचौर(१-९) ३८५९ १७.३४
सल्यान(१-९) १७२१ १०.९९
सुखौरा(१-९) १११८ ११.३६
  जम्मा   १४४९२ ७५.२९

बरेङ गाउँपालिकाको भौगोलिक अवस्थिति