FAQs Complain Problems

सूचना तथा समाचार

०७ असार २०८० ।बरेङ । बरेङ गाउँपालिका महिला विकास शाखा र लघुउद्दम शाखाको आर्थिक सहयोगमा महिला उद्दमीहरुको समुहलाई इलेक्ट्रोनिक होजियारी मेसिन हस्तान्तरण गरिएको छ । बरेङ होजियारी महिला लघुउद्दमी समूहलाई बिहीवार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा द्वारा मेसिन हस्तान्तरण गरिएको हो । एक महिना सम्म तालिम लिएर सीप सिकाएपछी स्थानीय स्तरमा उत्पादन गर्न र आम्दानी गरि स्वरोजगार तथा उद्दमी बनाउने उद्देश्यले मेसिन उपलब्ध गराइएको हो । पुजीवादको विकास पछि बजार विस्तार हुँदै जादा विभिन्न मेसिनहरु भित्रीरहने त्यही अनुसार महिलाहरुका लागि उद्दम विकास गर्न, प्रविधी सङ्गै बजार सङ्ग प्रतिस्पर्धा गर्नको लागि पालिकाले तालिम गराएर मेसिन दिएको हो पालिका अध्यक्ष कृष्ण प्रसाद शार्माले बताउनुभयो । उहाँले उत्पादन गरेका सामग्री बजारीकरणमा गाउँपालिकाले सहयोग गर्ने समेत बताउनुभयो । वडा नम्बर १ का वडाध्यक्ष नरसिङ पुनको अध्यक्षता, पालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यमा संचालन भएको कार्यक्रमको सहजीकरण लघुउद्दम सहजकर्ता सुरेन्द्र रानाले गर्नुभएको थियो ।

२१ जेठ २०८० । बरेङ गाउँपालिकाको  बरेङ बजारमा रहेका केही खाद्यान्न पसलको अनुगमन गरिएको छ । बागलुका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको टोलीले शनिवार बरेङ गाउँपालिकाको वडा नं. १ धुल्लुबास्कोट र वडा नं. २ हुग्दिशिरको संगम स्थल बरेङ बजार अनुगमन गरेको हो । 

बरेङ गाउँपालिका वडा नं. १ र २ अन्तरगत पर्ने सातदोवाटो, ग्यालथुम्का, भाटीबजार, बरेङबजार लगाएतका स्थानहरुमा रहेका विभिन्न किसिमका पसल,होटल,रेष्टुरेन्ट,मेडिकल तथा उधोगहरुमा अनुगमन गर्दा ११ वटा खाद्य तथा किराना पसलहरुबाट म्याद नाघेका खाद्य वस्तुहरु फेला परेकोले म्याद गुज्रेका खाद्य वस्तुहरु बरेङ गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक दिलिप कुमार पुनको रोहवरमा वडा नं. १ ठुलोडाँडा स्थित सार्वजनिक स्थलमा जलाई नष्ट गरिएको छ ।

म्याद गुर्जेका खाद्य वस्तुहरु कुरकुरे ४९ पोका, खाने तेल ९१ पोका, सुजी ३८ पोका, आलु चिप्स १३ पोका, म.म. मसला ८ पोका, भुजा २६ पोका, वेसन २३ पोका, पापड १ पोका, भेनेगर १ बोटल (९५०मिलि), क्रयाकर चिप्स ३९ पोका, फुरन दाना १० पोका, बिस्कुट ७ पोका, लालि चाउचाउ (पिरो) २० पोका, दालमोट १ पोका र काजु ३ पोका नष्ट गरिएको छ ।

अहिले पहिलोपटकको अनुगमन भएकाले आवश्यक प्रक्रिया पुरा गरी व्यवसाय सञ्चालन गर्न र म्याद नाघेका सामान बिक्रि नर्गन व्यवसायीहरुलाई निमित्त प्रमुख जिल्ला अधिकारी बरालले सुझाव दिनुभएको छ । 

बरेङ बजारमा दर्ता प्रक्रिया नपु¥याई सञ्चालनमा रहेका पसलहरु अनुगमनको समयमा बन्द रहेकोले दर्तामा रहेका व्यवसायीहरुले दर्तामा नरहेका पसलहरुलाई पनि कानूनी प्रक्रियामा ल्याउनु पर्ने गुनासो गरेका छन् । 

बरेङ बजारमा दर्ता र पसलको होडिङ बोर्ड बिना सञ्चालनमा रहेका धेरै पसलहरु  छन् भने पालिका स्तरीय अनुगमनमा सुझाव दिँदा पनि अटेर गर्ने व्यवसायीहरु पनि बरेङ बजारमा कमी छैन । दर्तामा रहेर पनि म्याद गुर्जेका खाद्य वस्तु उपभोक्ता सम्म पुग्दा स्वास्थमा असर पुग्ने हुनाले व्यवसायीहरुलाई म्याद गुर्जेका खाद्य वस्तु बिक्री बितरण नगर्न निमित्त प्रमुख जिल्ला अधिकारी बरालले चेतावनी समेत दिनुभएको छ । 

दर्ता र पसलको होडिङ बोर्ड बिना सञ्चालनमा रहेका व्यवसायीहरुलाई दोस्रो पटकको अनुगमनमा पनि अटेर गरेमा जरिमाना सहित कानुनी प्रक्रियामा ल्याउने उँहाले बताउनु भएको छ । त्यस्तै केही प्रक्रिया नपुगेका सम्वेदनशिल क्षेत्रका पसलहरु आवश्यक कानूनी प्रक्रिया नपु¥याउन सम्म बन्द राख्न पनि उँहाले आग्रह गर्नुभएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, नायब सुब्बा राम प्रसाद उपाध्याय, अर्जुन ढकाल,  बरेङ गाउँपालिकाका उपाध्यक्ष तथा पालिका अनुगमन समिति संयोजक दिलिप कुमार पुन, गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुन, बरेङ बजार व्यवस्थापन समितिका अध्यक्ष डिलराज पुन, इलाका प्रहरी कार्यालय बरेङडाँडाका ईन्चार्ज प्रहरी निरिक्षक जनक राज रेग्मी, पालिकाका कर्मचारी र पत्रकारहरुको उपस्थितिमा बरेङ बजार अनुगमन गरिएको हो ।

Pages