FAQs Complain Problems

सूचना तथा समाचार

१५ जेठ २०८० । बरेङ गाउँपालिकाले स्थानीय तह संचित कोष “सुत्र”मा राजस्व मोडेल सम्बन्धी १ दिने तालिम सम्पन्न गरेको छ । सोमवार गाउँपालिकाको सभाहलमा पालिकाका ५ वटै वडाका वडा सचिवहरूलाई तालिम प्रदान गरिएको हो । हस्तलिखित रसिदको प्रयोग हटाउन र अनलाइनको प्रयोग गरी वडा कार्यालयमा राजस्व भौचर काट्न, वडा कार्यालयको सेवा प्रवाहलाई थप पारदर्शिता कायम गर्न र छिटो छरितो बनाउन सहयोग पुर्‍याउने उद्देश्यले सबैका वडाका सचिवहरूलाई तालिम प्रदान गरिएको हो ।

प्रविधिक सहायक विष्णु प्रसाद शर्माले सञ्चालन गर्नुभएको तालिमको महत्त्वबारे प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाले प्रकाश पार्नुभएको थियो भने तालिमको सहजीकरण गाउँपालिकाकी लेखा सहायक संगिता शर्माले गर्नुभएको थियो ।

 

२०८० जेष्ठ १५ । बरेङ गाउँपालिकाले  अभिभावकविहीन बालबालिकाहरूलाई छात्रवृत्ति वितरण  गरेको छ । पालिकाले गणतन्त्र दिवसको अवसर पारेर सोमवार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमका बीच २० जना अभिभावकविहीन,गरिब तथा विपन्न बालबालिकाहरूलाई रु.५००० का दरले छात्रवृत्ति वितरण गरेको हो ।

 वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जित वहादुर रानाले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्नुभएको थियो भने पालिका अध्यक्ष शर्माले छात्रवृत्ति रकम विशुद्ध पठनपाठनमा मात्रै खर्च गर्न आग्रह गर्नुभएको थियो ।

त्यस्तै बरेङ गाउँ शिक्षा समिति सदस्य तथा पुरुषोदय मा वि कि शिक्षिका याममाया के सी ले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभयो । अभिभावकविहीन विद्यार्थीले छात्रवृत्ति रकम पाएपछि खुसी व्यक्त गरेका थिए ।

बाँकी रहेका अन्य बालबालिकालाई क्रमश छात्रवृत्ति वितरण गरिने समेत गाउँपालिकाले जनाएको छ । कार्यक्रम गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षता र प्राविधिक सहायक विष्णुप्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भएको हो ।

 

 

 

,

आइतवार, जेष्ठ १४, २०८०  । रोजगार सेवा केन्द्र बरेङको आयोजनामा रोजगार संवाद मञ्च तथा आगामी कार्ययोजना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता सुरु भएको अन्तरक्रिया कार्यक्रम आइतवार पालिकाको सभाहलमा सम्पन्न भएको हो । 

अन्तर्क्रिया कार्यक्रम पूर्व  पालिकाका रोजगार संयोजक केशवराज क्षेत्रीद्वारा हालसम्म सञ्चालन भएका कार्यक्रम, खर्च र बेरोजगारले पाएको रोजगारको विषयमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा स्थानीय तहले रोजगारको हकको प्रभावकारी कार्यान्वयन गर्न, रोजगारको अवसरको पहिचान गर्न, रोजगार सम्वन्धी समस्याको समाधान गर्न, रोजगार क्षेत्रमा नविनतम उपाय र विधिको पहिचान गर्न, रोजगारदातासंग प्रत्यक्ष सम्वन्ध विस्तार तथा सहकार्य गर्न र स्थानीय स्तरमा रोजगार प्रवर्धनका लागी आवश्यक नीति वजेट र कार्यत्रमको निर्माण गर्ने विषयमा पालिकाका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, समाजसेवी, वुद्धिजिवी तथा पत्रकारहरु बिच छलफल तथा सुझाव सङ्कलन गरी स्थानीय तहलाई सुझाव दिने निर्णय गरिएको छ


छलफलमा पुरुषोदय मा‍.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमजंग श्रीस, भृकुटी मा.वि.का प्रधानाध्यापक रुप नारायण शर्मा, शारदा मा.वि.का प्रधानाध्यापक दुर्गा प्रसाद शर्मा, युवा उद्यमी हिरा बहादुर पुन, प्रभु बैंक बरेङ शाखाका प्रवन्धक प्रशान्त शर्मा, वडा नं ३ का वडा अध्यक्ष शेर बहादुर खनाल, समाज सेवी दुर्गा बहादुर थापा, ग्रामिण जनसहभागिता विकास केन्द्रका अध्यक्ष चित्र बहादुर थापा तथा बरेङ गाउँपालिका प्रवक्ता तुफान पुन लगायतले अन्तरक्रिया कार्यक्रममा भाग लिदैं हालसम्म भएका कमि कमजोरी सुधार गर्नु पर्ने बताउँदै आ आफ्ना राय टिपाएका थिए । पालिका ईन्जिनियर कृष्ण बहादुर थापाले रोजगार सेवा केन्द्र संघबाट परिचालित भए पनि स्थानीय तहसंग सहकार्य गर्दा केही कार्यविधिहरुले काममा असहज भएको बताएका थिए ।

कमि कमजोरी सुधार गर्नु पर्ने नीति तथा कार्यविधिहरु विषयमा छलफलमा आएका सुझावहरुको स्वागत गर्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाले आगामी आर्थिक वर्ष २०८०÷०८१ मा नीति तथा कार्यविधिमा कानुनतह मेलखाने सुझावहरु गाउँ सभामा पेश गर्ने बताएका छन् ।

गाउँपालिका अध्यक्ष शर्माले रोजगार तर्फ छनौटको प्रक्रियामा राजनैतिक सिन्दुर नभिराईने र निश्पक्ष छनौट गर्ने संघको कार्यविधि अनुसार गरिएको बताए । छनौट नभएकाहरु पालिका भित्र भैरहेका योजनाहरुमा आवद्ध भएर काम गर्न उत्सुक नहुने बरु वैदेशिक रोजगार तिर नै हामफाल्ने गरेको बताए ।

कार्यक्रम गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता, प्र्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाको स्वागत र रोजगार शाखा प्राविधिक कमल आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस्तै  बरेङ गाउँपालिका रोजगार सेवा केन्द्रबाट अनलाइन श्रम सहजीकरण गरिएको पहिलो श्रम स्वीकृतिको आवेदन प्रमाणित भएको छ । यो सङ्गै उहाँले श्रम मन्त्रालय धाउन नपर्ने भएको छ ।

पालिकामा एक कार्यक्रमका बिच बरेङ गाउँपालिका वडा नं.२ हुग्दिशिर बराहकोटका नन्द बहादुर वि.क.को  श्रम  स्वीकृतको आवेदन पालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा, प्रमुख प्रशासकीय अधिकृत जित बहादुर राना, रोजगार संयोजक केशवराज क्षेत्री र प्रविधिक कमल आचार्यले प्रथम पल्ट हस्ताण्तरण गरेका हुन् ।

गाउँपालिकाका अन्य वैदेशिक रोजगार जाने युवायुवतीहरुले आगामी दिनहरुमा पुन: श्रम स्वीकृत लिनुपरेमा अनलाइन आवेदन भरिदिने र स्वीकृतिका लागि सहजिकरण गरिदिने रोजगार संयोजक क्षेत्रीले बताएका छन् ।

१० जेष्ठ २०८० । सुखौरा । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा बरेङको आयोजनामा सुखौरामा हिंसा न्यूनीकरण सम्बन्धी सचेतना तथा किशोरीहरुको लागि आत्मरक्षा तालिम सप्पन्न भएको छ । पालिकाको वडा नम्बर ५ सुखौरा स्थित महेन्द्र माध्यमिक विद्यालयमा बुधबार हिंसा न्यूनीकरण सम्बन्धी सचेतना र किशोरीहरुको लागि आत्मरक्षा तालिम सम्पन्न भएको हो ।

तालिम कार्यक्रममा विभिन्न अन्यायका विरुद्ध आवाज उठाउने, गाउँमा अशिक्षित रहेका वर्गलाई चेतना फैलाउने कार्यमा विद्यार्थीको महत्त्वपूर्ण भूमिका हुने हुनाले सोही अनुसार सूचना प्रवाह गर्नुपर्ने प्रवक्ता तुफान पुनले बताएका थिए । त्यस्तै समाजमा नारीले नारीलाई, नारीले पुरुषलाई, पुरुषले नारीलाई गरिने हिंसा तथा भेदभाव, वर्ग, जाति, लिङ्ग,धर्म आदिमा गरिने भेदभाव तथा हिंसा सम्बन्धी सचेत हुनुपर्ने र सचेतना गराउनुपर्नेमा सबैले भुमिका निर्वाह गर्न विद्यालयका प्रध्यानाध्यापक रेशम पुनले आग्रह गरेका थिए ।

तालिममा हिंसाको परिचय, हिंसाका प्रकार,हिंसा हुने स्थान,बच्ने उपाय सम्बन्धी पालिकका रोजगार संयोजकले प्रशिक्षण गरेका थिए भने हिंसा भएमा उजुरी दिने निकाय, कानुनी प्रक्रिया, कसुर तथा सजायको बारेमा महिला विकास शाखाकी फोकल पर्सन सुक्मित घर्तिले प्रष्ट पारेकी थिइन । त्यस्तै आयोजना गरिएको किशोरीको लागि आत्मरक्षा तालिममा हिंसा बाट बच्ने शारीरिक तरिका सम्बन्धी नेपाल कराते महासंघ गण्डकी प्रदेश सदस्य प्रेम थापा र बरेङ गापाकी कलर बेल्ट खेलाडी बिन्दु थापाले प्रशिक्षण गरेका हुन ।

विद्यालयका प्रअ रेशम पुनको अध्यक्षता, पालिकाका प्रवक्ता तुफान पुनको प्रमुख आतिथ्यबाट औपचारिक रुपमा सुरुआत भएको कार्यक्रमको संचालन प्राविधिक कमल आचार्यले गरेका थिए ।

प्रकाशित सूचना अनुसार संलग्न निवेदनको आधारमा अनुगमन गरी छनाैट भएका उद्यमीहरूको विवरण ।

०३ जेष्ठ ०८० । शिक्षा युवा तथा खेलकुद शाखा बरेङले प्रविधिमैत्री शिक्षण सिकाइ अवलम्बन गर्नका लागि स्मार्ट टिभी जडान गरेको छ ।
बरेङ गाउँपालिका भित्रका १२ ओटा बालविकास केन्द्रहरूमा बुधबार स्मार्ट टिभी जडान गरिएको हो ।
प्रविधिको उच्चतम प्रयोग मार्फत व्यावहारिक सिकाइ प्राप्त गर्न, विद्यालय शिक्षाको लागि क्षमतावान्  बालबालिका तयार गर्न, सिकाइ र प्रविधि सँगसँगै गराउने उद्देश्यले प्रत्यक्ष विद्यालयमा पुगेर स्मार्ट टिभी जडान गरिदिएको शिक्षा अधिकृत सुर्य प्रसाद शर्माले बताउनुभयो । साथै बालशिक्षकलाई प्राविधिक सहित अभिमुखीकरण समेत गरिएको छ ।
पालिकाको वडा नम्बर १ धुल्लुबास्कोटका धुल्लु लिउवा मावि,नेपाल कर्तव्यपालन प्रावि र मंगलमय नेपाल तारा प्रावि, वडा नम्बर २ हुग्दिशिरका बराहकोट प्रावि र हुग्दिशिर प्रावि, वडा नम्बर ३ बाटाकाचौरका शारदा मावि, ज्ञानोदय आवि,बालविकास आवि र धनज्योति प्रावि, वडा नम्बर ४ सल्यानका शिवालय प्रावि र सल्यान सुखौरा मावि, वडा नम्बर ५ सुखौराको जनकल्याण प्राविमा स्मार्ट टिभी जडान गरिएको हो ।
आर्थिक वर्ष २०७९-८० को वार्षिक कार्यक्रम अन्तर्गत शिक्षा तर्फ बालविकास केन्द्रको लागि स्मार्ट टिभी खरिद तथा व्यवस्थापनमा लागि ५ लाख रकम विनियोजन भएको थियो ।
पहिलो चरणमा  ५ बालविकास केन्द्रहरूमा अहिले दोश्रो चरणमा १२ बालविकास केन्द्रहरूमा वितरण गरिएको छ पालिकाभित्र  २९ बालविकास केन्द्रहरू रहेकोमा बाँकी केन्द्रहरूमा क्रमशः   जडान गरिने बताइएको छ ।

०८०। जेष्ठ ०३। बरेङ गाउँपालिकाले नि:शुल्क लोक सेवा तयारी कक्षा संचालन गरेको छ । पालिकाले जेष्ठ १ गतेदेखि पालिकाकै सभाहलमा नि:शुल्क लोक सेवा तयारी कक्षा संचालन गरेको हो । १ गतेबाट दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म कक्षा सञ्चालन भइरहेको छ । कक्षा जेष्ठ महिनाभर चल्ने  छ । 

आफ्नो पालिका भित्रका महिला दलित,आदिवासी जनजाती,अपाङ्ग र आर्थिक तथा सामाजिक रुपमा पिछाडीएको वर्गलाई विशेष प्राथमिकतामा राखी तयारी कक्षा  सञ्चालन गरिएको हो । लोक सेवा तयारी गर्न इच्छुक विद्यार्थीको सहभागिता  दैनिक बढिरहेको छ बुधबार अथवा  तेस्रो दिन १३ जनाको सहभागिता रहेको थियो ।

लोकसेवा तयारी कक्षा कार्यतालिका अन्तर्गत राजपत्र अनंकित द्धितिय(खरिदार) वा सो सरहको पाठ्क्रम छलफल तथा उत्प्रेरणा कक्षाका लागी एक दिन,सौर्यमण्डल,विश्वको भुगोल र नेपालको भुगोल संबन्धि कक्षा ३ दिन,इतिहाँस (विश्वको र नेपालको) सबंन्धि कक्षाका लागी ४ दिन, नेपालको सामाजिक, आर्थिक अवस्था र शासन पद्धतिको कक्षा ५ दिन,विज्ञान प्रविधि,जनस्वास्थ्य र वातावरण सबंन्धि कक्षा ४ दिन,अन्तराष्ट्रिय सम्बन्ध र समसामयिक विषयवस्तुमा ३ दिन, आधारभुत कार्यालय सीप परीक्षण वा बौद्धिक परीक्षणका लागी ७ दिन र अभ्यास परीक्षा र पृष्ठपोषणका लागी ३ दिनको समयावधि तोकिएको छ ।

बरेङ गाउँपालिकाको आर्थिक वर्ष २०७९।०८० को स्वीकृत कार्यक्रम अन्तर्गत निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको हो।

Pages