FAQs Complain Problems

महेन्द्र मावि सुखौरामा हिंसा न्यूनीकरण सम्बन्धी सचेतना तथा किशोरीहरुको लागि आत्मरक्षा तालिम सम्पन्न

१० जेष्ठ २०८० । सुखौरा । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा बरेङको आयोजनामा सुखौरामा हिंसा न्यूनीकरण सम्बन्धी सचेतना तथा किशोरीहरुको लागि आत्मरक्षा तालिम सप्पन्न भएको छ । पालिकाको वडा नम्बर ५ सुखौरा स्थित महेन्द्र माध्यमिक विद्यालयमा बुधबार हिंसा न्यूनीकरण सम्बन्धी सचेतना र किशोरीहरुको लागि आत्मरक्षा तालिम सम्पन्न भएको हो ।

तालिम कार्यक्रममा विभिन्न अन्यायका विरुद्ध आवाज उठाउने, गाउँमा अशिक्षित रहेका वर्गलाई चेतना फैलाउने कार्यमा विद्यार्थीको महत्त्वपूर्ण भूमिका हुने हुनाले सोही अनुसार सूचना प्रवाह गर्नुपर्ने प्रवक्ता तुफान पुनले बताएका थिए । त्यस्तै समाजमा नारीले नारीलाई, नारीले पुरुषलाई, पुरुषले नारीलाई गरिने हिंसा तथा भेदभाव, वर्ग, जाति, लिङ्ग,धर्म आदिमा गरिने भेदभाव तथा हिंसा सम्बन्धी सचेत हुनुपर्ने र सचेतना गराउनुपर्नेमा सबैले भुमिका निर्वाह गर्न विद्यालयका प्रध्यानाध्यापक रेशम पुनले आग्रह गरेका थिए ।

तालिममा हिंसाको परिचय, हिंसाका प्रकार,हिंसा हुने स्थान,बच्ने उपाय सम्बन्धी पालिकका रोजगार संयोजकले प्रशिक्षण गरेका थिए भने हिंसा भएमा उजुरी दिने निकाय, कानुनी प्रक्रिया, कसुर तथा सजायको बारेमा महिला विकास शाखाकी फोकल पर्सन सुक्मित घर्तिले प्रष्ट पारेकी थिइन । त्यस्तै आयोजना गरिएको किशोरीको लागि आत्मरक्षा तालिममा हिंसा बाट बच्ने शारीरिक तरिका सम्बन्धी नेपाल कराते महासंघ गण्डकी प्रदेश सदस्य प्रेम थापा र बरेङ गापाकी कलर बेल्ट खेलाडी बिन्दु थापाले प्रशिक्षण गरेका हुन ।

विद्यालयका प्रअ रेशम पुनको अध्यक्षता, पालिकाका प्रवक्ता तुफान पुनको प्रमुख आतिथ्यबाट औपचारिक रुपमा सुरुआत भएको कार्यक्रमको संचालन प्राविधिक कमल आचार्यले गरेका थिए ।

आर्थिक वर्ष: