FAQs Complain Problems

सूचना तथा समाचार

२१ जेठ २०८० । बरेङ गाउँपालिकाको  बरेङ बजारमा रहेका केही खाद्यान्न पसलको अनुगमन गरिएको छ । बागलुका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको टोलीले शनिवार बरेङ गाउँपालिकाको वडा नं. १ धुल्लुबास्कोट र वडा नं. २ हुग्दिशिरको संगम स्थल बरेङ बजार अनुगमन गरेको हो । 

बरेङ गाउँपालिका वडा नं. १ र २ अन्तरगत पर्ने सातदोवाटो, ग्यालथुम्का, भाटीबजार, बरेङबजार लगाएतका स्थानहरुमा रहेका विभिन्न किसिमका पसल,होटल,रेष्टुरेन्ट,मेडिकल तथा उधोगहरुमा अनुगमन गर्दा ११ वटा खाद्य तथा किराना पसलहरुबाट म्याद नाघेका खाद्य वस्तुहरु फेला परेकोले म्याद गुज्रेका खाद्य वस्तुहरु बरेङ गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक दिलिप कुमार पुनको रोहवरमा वडा नं. १ ठुलोडाँडा स्थित सार्वजनिक स्थलमा जलाई नष्ट गरिएको छ ।

म्याद गुर्जेका खाद्य वस्तुहरु कुरकुरे ४९ पोका, खाने तेल ९१ पोका, सुजी ३८ पोका, आलु चिप्स १३ पोका, म.म. मसला ८ पोका, भुजा २६ पोका, वेसन २३ पोका, पापड १ पोका, भेनेगर १ बोटल (९५०मिलि), क्रयाकर चिप्स ३९ पोका, फुरन दाना १० पोका, बिस्कुट ७ पोका, लालि चाउचाउ (पिरो) २० पोका, दालमोट १ पोका र काजु ३ पोका नष्ट गरिएको छ ।

अहिले पहिलोपटकको अनुगमन भएकाले आवश्यक प्रक्रिया पुरा गरी व्यवसाय सञ्चालन गर्न र म्याद नाघेका सामान बिक्रि नर्गन व्यवसायीहरुलाई निमित्त प्रमुख जिल्ला अधिकारी बरालले सुझाव दिनुभएको छ । 

बरेङ बजारमा दर्ता प्रक्रिया नपु¥याई सञ्चालनमा रहेका पसलहरु अनुगमनको समयमा बन्द रहेकोले दर्तामा रहेका व्यवसायीहरुले दर्तामा नरहेका पसलहरुलाई पनि कानूनी प्रक्रियामा ल्याउनु पर्ने गुनासो गरेका छन् । 

बरेङ बजारमा दर्ता र पसलको होडिङ बोर्ड बिना सञ्चालनमा रहेका धेरै पसलहरु  छन् भने पालिका स्तरीय अनुगमनमा सुझाव दिँदा पनि अटेर गर्ने व्यवसायीहरु पनि बरेङ बजारमा कमी छैन । दर्तामा रहेर पनि म्याद गुर्जेका खाद्य वस्तु उपभोक्ता सम्म पुग्दा स्वास्थमा असर पुग्ने हुनाले व्यवसायीहरुलाई म्याद गुर्जेका खाद्य वस्तु बिक्री बितरण नगर्न निमित्त प्रमुख जिल्ला अधिकारी बरालले चेतावनी समेत दिनुभएको छ । 

दर्ता र पसलको होडिङ बोर्ड बिना सञ्चालनमा रहेका व्यवसायीहरुलाई दोस्रो पटकको अनुगमनमा पनि अटेर गरेमा जरिमाना सहित कानुनी प्रक्रियामा ल्याउने उँहाले बताउनु भएको छ । त्यस्तै केही प्रक्रिया नपुगेका सम्वेदनशिल क्षेत्रका पसलहरु आवश्यक कानूनी प्रक्रिया नपु¥याउन सम्म बन्द राख्न पनि उँहाले आग्रह गर्नुभएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, नायब सुब्बा राम प्रसाद उपाध्याय, अर्जुन ढकाल,  बरेङ गाउँपालिकाका उपाध्यक्ष तथा पालिका अनुगमन समिति संयोजक दिलिप कुमार पुन, गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुन, बरेङ बजार व्यवस्थापन समितिका अध्यक्ष डिलराज पुन, इलाका प्रहरी कार्यालय बरेङडाँडाका ईन्चार्ज प्रहरी निरिक्षक जनक राज रेग्मी, पालिकाका कर्मचारी र पत्रकारहरुको उपस्थितिमा बरेङ बजार अनुगमन गरिएको हो ।

अनलाइन दर्ता प्रारम्भ भएदेखि बरेङ गाउँपालिकामा व्यक्तिगत घटना दर्ता  जन्म, मृत्यु, बसाइसराइ विवाहको २०८०-०२-१६ सम्मको विवरण २६१६ पुगेको छ ।

बरेङ गाउँपालिकाको आर्थिक वर्ष २०८०-८१ को नीति, कार्यक्रम तथा बजेटको सन्दर्भमा उपयुक्त हुन सक्ने नीति कार्यक्रम र योजनाहरू उपलब्ध गराई सहयोग गर्नुहुन

गाउपालिकामा रहेका ५ वटा वडाहरुका ३० वटा सामुदायिक वनहरुमा पाइने जडिबुटीको अध्ययन ५ वटा वडाहरुलाई केन्द्रबिन्दुमा राखेर गरिएको छ।

अर्जुन आचार्य
कृषि तथा वन विज्ञान विश्वविद्यालय
प्रकृतिक स्रोत ब्यवस्थापन कलेज कटारी, उदयपुर

 बरेङ गाउँपालिकाभित्रका प्रमुख पर्यटकीय स्थल साग्दी सत्यवती मन्दिर, काैडेको लेक, भातेपोखरा र छहरेखोला(भैंसेखोला) झरनाको महत्त्व र फोटोहरू ।

१५ जेठ २०८० । बरेङ गाउँपालिकाले स्थानीय तह संचित कोष “सुत्र”मा राजस्व मोडेल सम्बन्धी १ दिने तालिम सम्पन्न गरेको छ । सोमवार गाउँपालिकाको सभाहलमा पालिकाका ५ वटै वडाका वडा सचिवहरूलाई तालिम प्रदान गरिएको हो । हस्तलिखित रसिदको प्रयोग हटाउन र अनलाइनको प्रयोग गरी वडा कार्यालयमा राजस्व भौचर काट्न, वडा कार्यालयको सेवा प्रवाहलाई थप पारदर्शिता कायम गर्न र छिटो छरितो बनाउन सहयोग पुर्‍याउने उद्देश्यले सबैका वडाका सचिवहरूलाई तालिम प्रदान गरिएको हो ।

प्रविधिक सहायक विष्णु प्रसाद शर्माले सञ्चालन गर्नुभएको तालिमको महत्त्वबारे प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाले प्रकाश पार्नुभएको थियो भने तालिमको सहजीकरण गाउँपालिकाकी लेखा सहायक संगिता शर्माले गर्नुभएको थियो ।

 

२०८० जेष्ठ १५ । बरेङ गाउँपालिकाले  अभिभावकविहीन बालबालिकाहरूलाई छात्रवृत्ति वितरण  गरेको छ । पालिकाले गणतन्त्र दिवसको अवसर पारेर सोमवार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमका बीच २० जना अभिभावकविहीन,गरिब तथा विपन्न बालबालिकाहरूलाई रु.५००० का दरले छात्रवृत्ति वितरण गरेको हो ।

 वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जित वहादुर रानाले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्नुभएको थियो भने पालिका अध्यक्ष शर्माले छात्रवृत्ति रकम विशुद्ध पठनपाठनमा मात्रै खर्च गर्न आग्रह गर्नुभएको थियो ।

त्यस्तै बरेङ गाउँ शिक्षा समिति सदस्य तथा पुरुषोदय मा वि कि शिक्षिका याममाया के सी ले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभयो । अभिभावकविहीन विद्यार्थीले छात्रवृत्ति रकम पाएपछि खुसी व्यक्त गरेका थिए ।

बाँकी रहेका अन्य बालबालिकालाई क्रमश छात्रवृत्ति वितरण गरिने समेत गाउँपालिकाले जनाएको छ । कार्यक्रम गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षता र प्राविधिक सहायक विष्णुप्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भएको हो ।

 

 

 

Pages