FAQs Complain Problems

सूचना तथा समाचार

१४ असार २०८० । हुग्दिशिर । बागलुङको बरेङ गाउँपालिकाले “स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागिता पूर्णखोप पालिका हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ गाउँपालिकालाई बिहीबार पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरेको छ ।

बरेङ गाउँपालिकाले  १६ महिना देखी ५९ महिनासम्मका ४ सय ७० जना बालवालिका र १५ महिना उमेर भित्रका बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पाउनु पर्ने सबै खोप दिलाइ पूर्ण खोप पाएको सुनिश्चितता गर्दै बरेङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना भएको घोषणा गरिएको हो ।

 

गाउँपालिका भरिका जनप्रतिनिधि, स्वास्थकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थितिमा आगामी दिनहरुमा समेत पूर्ण खोप सुनिश्चितता दिगोपना कायम राख्ने प्रतिवद्धता समेत गरिएको छ ।

०७ असार २०८० ।बरेङ । बरेङ गाउँपालिका महिला विकास शाखा र लघुउद्दम शाखाको आर्थिक सहयोगमा महिला उद्दमीहरुको समुहलाई इलेक्ट्रोनिक होजियारी मेसिन हस्तान्तरण गरिएको छ । बरेङ होजियारी महिला लघुउद्दमी समूहलाई बिहीवार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा द्वारा मेसिन हस्तान्तरण गरिएको हो । एक महिना सम्म तालिम लिएर सीप सिकाएपछी स्थानीय स्तरमा उत्पादन गर्न र आम्दानी गरि स्वरोजगार तथा उद्दमी बनाउने उद्देश्यले मेसिन उपलब्ध गराइएको हो । पुजीवादको विकास पछि बजार विस्तार हुँदै जादा विभिन्न मेसिनहरु भित्रीरहने त्यही अनुसार महिलाहरुका लागि उद्दम विकास गर्न, प्रविधी सङ्गै बजार सङ्ग प्रतिस्पर्धा गर्नको लागि पालिकाले तालिम गराएर मेसिन दिएको हो पालिका अध्यक्ष कृष्ण प्रसाद शार्माले बताउनुभयो । उहाँले उत्पादन गरेका सामग्री बजारीकरणमा गाउँपालिकाले सहयोग गर्ने समेत बताउनुभयो । वडा नम्बर १ का वडाध्यक्ष नरसिङ पुनको अध्यक्षता, पालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यमा संचालन भएको कार्यक्रमको सहजीकरण लघुउद्दम सहजकर्ता सुरेन्द्र रानाले गर्नुभएको थियो ।

Pages

//