FAQs Complain Problems

सूचना तथा समाचार

प्रस्तुत विषयमा यस बरेङ गाँउपालिका अन्तर्गतका सम्पूर्ण बिद्यालयहरुको कक्षा ८ को नतिजा जस अन्तर्गत लेजर तथा ग्रेडसिट मन्त्रालयको IEMIS System बाट प्रविष्ट गरी वितरण गर्ने गईरहेको हुँदा सम्बन्धित बिद्यालयहरु सबैले अबको १ हप्ता भित्र तलको लिंकमा उपलब्ध गराइएको Excel Sheet मा बिद्यार्थीको अंक अपडेट गरी आ-आफ्नो IEMIS ID बाट Upload गरीसक्नुहुन सबैलाई आदेशानुसार अनुरोध छ ।

https://drive.google.com/open?id=1vgRQbkwUjcOm-B5LrdnGj2pf87qwE6IB

इन्ट्री गर्ने प्रक्रिया

१) शुरुमा माथिको लिंक खोलि सम्बन्धित बिद्यालयको नाम हेरी Excel File Download गर्ने ।

२) Download गरिसकेपछी IEMIS File अपडेट गरे जस्तै दायाँ पट्टिको बटन(हल्का कालो रङको हुन्छ) क्लिक गर्ने

३) सुरुमा कक्षा ८ का विद्यार्थीहरु रुजु गर्ने, यदि कोहि छुटेको छ भने Add Student बटन मा गई थप गर्ने वा कोहि स्कुलमा नै छैन भने सम्बन्धित बिद्यार्थीलाई Not in school बटन थिची निष्क्रिय गर्ने ।

४) रुजु पश्चात क्रमशः बिद्यार्थीको Practical Marks, Theroy Marks इन्ट्री गर्ने ।

५) अन्तमा अपडेट गरेको फाइल सेभ गरी आ-आफ्नो IEMIS ID बाट लगइन गरि Iemis upload गर्ने स्थानमा गइ class 8 marks छनोट गरी Upload गर्ने ।

 

केहि समस्या परेमा,

सम्पर्क नम्बर - ९८४७६५९३२७

 

Pages