समाचार
आ.ब. २०७६/७७ अन्तर्गत पहिलो चौमासिकमा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुको नामावली तथा विवरण
आ.ब. २०७६/७७ अन्तर्गत पहिलो चौमासिकमा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुको नामावली तथा विवरण
यस बरेङ गाउँकार्यपालिकाको बैठक आ.अ. २०७६/७७ को पहिलो चौमासिक देखि सामाजिक सुरक्षा भत्ता बैंक मार्फत दिइने निर्णयानुसार वडा नं. १ र २ को प्रभु बैंक, बरेङ शाखा देखि वितरण गरिने र बाँकि ३,४ र ५ वडा को प्रभु बैंक, शान्तिपुर शाखा देखि रकम वितरण गरिने जानकारी छ । यसै संलग्न फाइलमा तपाईको घर वरपर रहेका सेवाग्राहीहरुको नाम, उमेर, नागरिकता नम्बर, ब्यक्तिगत परिचय पत्र नम्बर, तथा बैंक खाता नम्बर समेत उल्लेख गरिएको छ । यदी कोहि लाभग्राही हरुको खाता नम्बर छुटेको छ या खाता नै खोलिएको छैन, त्यस्तै कोहि भत्ता पाईराखेको तथा पाउनुपर्ने तर नामावलीमा नाम नदेखेमा सम्बन्धित वडा कार्यालय तथा यस गाउँकार्यपालिकाको कार्यालय, हुग्दिशिरमा आवश्यक विवरण सहित सम्पर्क गर्नुहोला