समाचार
सूचना तथा समाचार
आवास पुननिर्माण तथा प्रवलिकरण सम्बन्धि बरेङ गाउँपालिकाको प्रोफाइल हेर्नको लागी तलको लिंकमा क्लिक गर्नु होला :
नेपालीमा: http://202.51.74.207/recent-palika-document/45003/np/
In English: http://202.51.74.207/recent-palika-document/45003/en/
श्री वडा कार्यालयहरु सबै,
बरेङ गाउँपालिका ।
बिषय:- विवरण पठाईदिने बारे ।
प्रस्तुत बिषयमा राष्ट्रिय परिचयपत्र तथा पंजीकरण बिभाग, काठमाडौँ बाट पठाइएका आवश्यक विवरण नभएका केहि सा.सु. लाभग्राहीहरुको नामावली यसै पत्रसाथ संलग्न गरि पठाइएको व्यहोरा अनुरोध छ । उल्लेखित लाभग्राहीहरुको पुरा विवरण संकलन गरि अनलाइन सिस्टममा अपडेट गर्नु पर्ने भनि आएकाले मिति २०७६/०५/२५ गते भित्र आवश्यक कागजात सहित सम्पूर्ण विवरण वडा अध्यक्षबाट प्रमाणित गरि यस कार्यालयमा पठाउनुहुन अनुरोध छ । साथै त्यहाँ कार्यालयमा गत आ.व. २०७५/७६ को तेस्रो चौमासिक सम्म दर्ता भयका तर अनलाइन सिस्टममा इन्ट्री नभएका लाभग्राहीहरुको विवरण, दर्ता भएको मिति तथा अन्य आवश्यक कागजातहरु सहित यस कार्यालयमा यहि भाद्र महिना भित्र पेश गर्नुहुन अनुरोध छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको न्युनतम रोज्गरिकमा संग्लग्न हुनको लागि निवेदन दिने बारेको सुचना तथा बेरोजगार दर्ताको लागि दिने निबेदन फारम











