FAQs Complain Problems

साग्दी सत्यवती मेला

Read More

बरेङ गाउँपालिका- कौडे को डांडामा हिमपात

Read More

साग्दी सत्यवती मन्दिर

Read More

बरेङ गा.पा बराहकोट

Read More

कोभिड १९ रोकथाम सम्बन्धि बिशेष सम्बोंधन कार्यक्रम

मिति २०७६।१२।१८ गते मंगलवारका दिन बरेङ गाउंपालिका अध्यक्ष श्री कृष्ण प्रसाद शर्मा ज्यूबाट अपरान्ह ५:०० बजे सामुदायिक रेडियो विहानी एफएम ८९ मेघाहर्ज द्वारा कोरोनाको जोखिम न्यूनिकरण र व्यवस्थापनका सन्दर्भमा गाउंपालिकावासीका नाममा गरिएको विशेष सम्वोधन कार्यक्रम तथा बरेङ गाउँकार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत संगको कोभिड-१९ अन्तरक्रिया कार्यक्रम अडियो रेकर्ड 

 

Pages

Poll

तपाई यस पालिकाको सेवा प्रवाह सम्बन्धी के भन्नु हुन्छ ?

जन प्रतिनिधि

अध्यक्ष (९७७) ९८५७६२२५५१, 9857682100 उपाध्यक्ष ९८५११७०४५८
प्रवक्ता ९८४९४४१७९८

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9857632328

सेवाहरु/नागरिक वडापत्र

सेवा प्रकारः- कानुन
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन मात्र
जिम्मेवार अधिकारीः- प्र.प्र.अ./आर्थिक प्रशाशन शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यलय
सेवा शुल्कः- ०
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. प्रहरी सर्जमिन मुचुल्का
  3. सम्बन्धित वडाको सिफारिस
सेवा प्रकारः- कानुन
सेवा समयः- सोहि दिन दर्ता गरिनेछ । तर विवाद समाधान प्रतिवादी उपस्थित भएको मितिले ३ महिना भित्र सकिनेछ
जिम्मेवार अधिकारीः- कानुन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु. १००|
आवश्यक कागजातहरुः-

क) कानून बमोजिम हकदैया पुगेको व्यक्तिले समिति समक्ष उजुरी गर्दा अनुसूचि १ बमोजिमको ढांचामा दर्ता गराउने । ख) कुनै किसिमको क्षतिपूर्ति भराउनुपर्ने अथवा वण्डा लगाउनपर्ने अवस्थाको उजुरीहरुको हकमा त्यस्तो क्षतिपूर्ति वा वण्डा वा चलनको लागि सम्बन्धित अचल सम्पत्तिको विवरण खुलेको हुनुपर्नेछ । तर प्रतिवाद दर्ताको हकमा, ग) प्रतिवादीले म्याद वा सूचना प्राप्त भएपछि म्याद वा सूचना तोकिएको समयावधि भित्र उजुरी प्रशासन समक्ष आफै वा वारेस मार्फत लिखित प्रतिवाद अनुसूचि ५ बमोजिमको ढांचामा दर्ता गराउने ।

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु. ३०००/-
आवश्यक कागजातहरुः-

क) अनुसूचि १ बमोजिमको ढांचामा निवेदन दिनुपर्ने । ख) प्रसारण संस्था दर्ताको प्रमाणपत्र, सम्बन्धित विधान ग) संचालकहरुको नागरिकताको प्रतिलिपि । घ) ईजाजत लिन खोजेको विषयको आर्थिक, प्राविधिक तथा व्यवशायिक पत्रमा विस्तृत अध्ययन गर्न लगाई तयार गरेको प्रतिवेदन ।

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- ३० दिन भित्र
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

क) प्रस्तावित संस्थाको नाम, ठेगाना, उद्धेस्य, मुख्य कार्य, कायक्षेत्र, दायित्व, सदस्य संख्याको विवरण पेश गर्नुपर्ने । ख) अनुसूचि १ को ढाँचामा दरखास्त फाराम दिनुपर्ने । ग) सहकारी संस्थाको प्रस्तावित विनियम २ प्रति । घ) सहकारी संस्था सन्चालनको सम्भाव्यता अध्ययन प्रतिवेदन । ङ) सदस्यले लिन स्वीकार गरेको शेयर संख्या र शेयर रकमको विवरण । च) अन्य कागजात कार्यविधिमा उल्लेख भए बमोजिम हुनेछ ।

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- राजस्व/प्रशासन/प्राविधिक शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नविकरण रु.२०००। प्रतिलिपि ५००।
आवश्यक कागजातहरुः-

क) ईजाजत पत्र हराए वा नासिएकोमा प्रतिलिपि पाउन निवेदन दिनुपर्ने

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- राजस्व/प्रशासन/प्राविधिक शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु.१००० थप जरिवाना रु २०००।
आवश्यक कागजातहरुः-

क) नविकरण गरी पाउँ भन्ने व्यहोराको निवेदन
ख) प्रचलित कानून बमोजिम तिर्नुपर्ने कर तिरेको निस्सा
ग) कर कार्यालयबाट प्राप्त करचुक्ता प्रमाणपत्रको प्रतिलिपि
घ) अनुसूचि ४ बमोजिमको पासबुक(निर्माण व्यवसायीबाट भएका सार्वजनिक निर्माण कार्यको अभिलेख विवरण)
पुनश्च ः–“घ” वर्गको निर्माण व्यवशायीको लागि आर्थिक क्षमता, मुख्य जनशक्ति विवरण र मेशिन÷उपकरण कार्यविधिमा तोकिए बमोजिम हुनुपर्नेछ ।

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- राजस्व/प्रशासन/प्राविधिक शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु. ३०००
आवश्यक कागजातहरुः-

१. अनुसूचि १ बमोजिमको ढांचामा निम्न विषयहरु उल्लेख गर्नुपर्ने
क) दरखास्त पेश गर्ने फर्म वा कम्पनिको नाम र ठेगाना
ख) फर्म वा कम्पनिको प्रकृति उल्लेख गर्ने(प्राईभेट÷पब्लिक÷साझेदारी)
ग) सम्पर्कका लागि फर्म वा कम्पनिको आधिकारिक व्यक्तिको नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख गर्ने
घ) आर्थिक श्रोतको विवरण पेश गर्नुपर्ने
ङ) जनशक्तिको विवरण पेश गर्ने(प्राविधिक कर्मचारीको सर्टिफिगेटको प्रतिलिपि र निजको मन्जुरीनामा पेश गर्नुपर्ने)
च) आफ्नो स्वामित्वमा रहेका निर्माण सम्बन्धी सवारी साधन मेशीनरी औजारको विवरण (कार्यविधिमा उल्लेख भए बमोजिम)
छ) करचुक्ता गरेको प्रमाण कागजात

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

• कार्यक्रम संचालन अनुमति दिने बारेको निबेदन
• संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि
• अन्य कुनै प्रमाण कागजातहरुको प्रतिलिपि
• संस्थाको बिधान १ प्रति

जानकारी